राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो अध्यादेश ल्याउने सरकारको निर्णय

maitrinews

 

काठमाडौं । सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानूनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐन ९०७३ मा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुने प्रावधान छ। सरकारले यसलाई फेरेर पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्य भए हुने व्यवस्था गर्न लागेको एक मन्त्रीले बताउनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐेन ९२०७३ को दफा ९३३० को उपदफा २ मा कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन, भन्ने व्यवस्था छ।

सरकारले अध्यादेशमार्फत् यो व्यवस्थालाई संशोधन गरेर कुनै दलको केन्द्रीय समिति वा सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले बनाउन लगाएको हो।