अध्यादेश आवश्यक भएरै ल्याएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको व्रिफिङ

Mohan Bastola

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संबैधानिक नियुक्तिहरु गर्न अप्ठेरो परेकाले अध्यादेश ल्याउनुपरेको जवाफ दिनुभएको छ । सोमबार साँझ आकस्मिक रुपमा बसेको नेपाल सो पार्टीको सचिवालय बैठकमा उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले जरूरी भएरै अध्यादेश ल्याएको ब्रिफिङ नेकपाको सचिवालय बैठकमा गर्नुभएको थियो । बैठकको सुरूमै प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरू रोकिएका कारण अध्यादेश ल्याएको बताउनु भएको नेकपाका सचिवालय सदस्यसमेत रहनु भएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु पर्ने कारण उल्लेख गरेपछि ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले समर्थन गर्नुभएको थियो भने माधवकुमार नेपाल र वामदेव गौतमले भने अध्यादेश जारी भैसकेको अवस्थामा विरोध गर्नुको औचित्य नरहेको भन्दै प्रधानमन्त्रीकै पक्षमा बोल्नु भएको थियो । अध्यक्ष प्रचण्ड र अर्का सचिवालय सदस्य झलनाथ भने असन्तुष्ट बन्नु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेका राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरिसक्नु भएको छ ।