विजुली सर्ट भई आगो लाग्दा दुई जनाको मृत्यु

maitrinews

 

काठमाडौं । बिजुली सर्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ ।

सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करिब आधा दर्जन गम्भीर घाइते भएका छन् ।

थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले अहिलेसम्म दुईजनाको मृत्यु भएको र ७ जनालाई उपचारका लागि लगिएको जनाकारी आएको बताइन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताए ।