अमेरिकामा बन्देजहरू विरुद्ध प्रदर्शन

maitrinews

 

अमेरिका । अमेरिकाभरि कैयन् राज्यहरूमा प्रदर्शनकारीहरू त्यहाँका गर्भनरहरूलाई कोरोनाभाइरस महामारीको डरले बन्द गरिएको अर्थतन्त्र पुनः खुला गर्न आह्वान गर्दै सडकमा उत्रिएका छन्।

एरिजोना, कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यमा आइतवार त्यस्ता प्रदर्शन भए। त्योभन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि प्रदर्शन भएका थिए।
हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड(१९ को घातक पुनरोदय हुनसक्ने त्रासका माझ त्यस्ता प्रदर्शन चर्किएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन्।
हाल अमेरिका विश्वभरिकै कोभिड १९ सङ्कटको केन्द्रविन्दुमा छ।