उदयपुरमा थप आठ जनाको पीसीआर परीक्षण पोजेटिभ

maitrinews

 

उदयपुर । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ४ जना निको भइसकेका छन् ।