मोवाइल फोन इम्पोर्टर्स एसोसिएसनव्दारा ८ हजार मास्क हस्तान्तरण

maitrinews

 

काठमाडौँ । कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन एमपीआईले महानगरीय प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ ।
सिंहदरबार बग्गीखानास्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एमपीआईका अध्यक्ष दीपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारीविरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताउनुभयो ।