काठमाडौँ । समाजवादी र राजपाबीच पार्टी एकता भएको २४ घण्टा पनि नवित्दै उपेन्द्र यादव र डा. बाबुरम भट्टराईले नेतृत्व गेको समाजवादी पार्टीमा पहिरो गएको छ । समाजवादी पार्टीकी नेतृ रेणु यादवको काठमाडौं शान्तिनगरस्थित घरमा भएको बैठकबाट समाजवादीका आठ सांसदले नयाँ पार्टी दर्ता गर्ने निर्णय लिएको स्रोतले जानकारी दिएको छ ।
नयाँ पार्टी गठनको निर्णय गरेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई नयाँ दल गठन गरेको जानकारी दिने समेत बुझिएको छ । समाजवादीबाट अलग्गिएका सांसदहरुमा रेणु यादव, मोहम्मद ईस्तियाक राइन, डा। सुरेन्द्र यादव, बिमल श्रीवास्तव प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ रहेका छन्। अब उपेन्द्र यादवका कुनै बेलाका विश्वासपात्रमध्ये एक सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी बन्ने छ।
समाजवादीको असन्तुष्ट खेमामा बाँकेबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइन, रेणु यादव, पर्साका सांसद प्रदीप यादव र विमल श्रीवास्तव पनि छन्। त्यसैगरी कैलालीकी समानुपातिक सांसद कलुदेवी विश्वकर्मा, झापाकी रेणुका गुरुङ पनि नयाँ पार्टीमा रहने बुझिएको छ ।