प्रधानमन्त्री ओली र साईप्रसका राष्ट्रपति अनास्तासियादेसबीच आज टेलिफोन सम्वादः दुइपक्षीय हितका बिषयमा छलफल

maitrinews

काठमाडौं । नेपाली राजदूतावासको विशेष पहलमा नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र साईप्रसका राष्ट्रपति निकोस अनास्तासियादेस बीच आज टेलिफोन सम्वाद भएको छ । उक्त सम्वाद दुइपक्षीय हितका विविध बिषयका साथसाथै कोरोनाले निम्त्याएको विश्वव्यापी संकट समाधान गर्ने दिशामा एक अर्काले चालेका कदमहरुप्रति ऐक्यबद्धता जाहेर गर्दै सङ्क्रमणसँग जुध्न दुई देश बीच आपसी सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित भएको साइप्रसस्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री के.पी शर्मा ओलीले साईप्रस सरकारले नेपालीहरुलाई दिएको सुरक्षा एवं सहयोगका लागि साईप्रसका राष्ट्रपतिलाई धन्यवाद दिँदै आगामी दिनमा यसले निरन्तरता पाउने विश्वास समेत व्यक्त गर्नुभयो । प्रत्युत्तरमा राष्ट्रपतिले साईप्रस सरकारले नेपाली समुदायलाई सदैव साथ दिने बताउनुभयो ।

करिब आधा घण्टासम्म चलेको उक्त फोनवार्ताका क्रममा दुई देश बीच कूटनैतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठको उपलक्ष्यमा नेपाल(साईप्रस सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै निकट भविष्यमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न आवश्यक रहेको समेत औंल्याइएको थियो ।

नेपालका प्रधानमन्त्री र साईप्रसका राष्ट्रपति बीच टेलिफोन सम्वाद भएको यो पहिलो अवसर भएको तथा साईप्रसमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सहायक हुनसक्ने देखिएकोले यस ऐतिहासिक सम्वादलाई अर्थपूर्ण मान्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

साथै नेपालको पररराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साईप्रसका राष्ट्रपति निकोस अनास्तासियादेसले यो कठिन समयमा नेपालीहरुप्रति देखाएको सहानभूतिप्रति आभार व्यक्त गर्नभएको जनाएको छ । साथै दई देशबीच कूटनैतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठको उपलक्ष्यमा व्यापार, लगानी, पर्यटन र प्रविधि आदान प्रदानका विषयमा समेत छलफल भएको प्रकाशित विज्ञप्तिमा उल्लेख छ । साथै प्रधानमन्त्री ओली आफूले दुई पटक साइप्रस भ्रमण गरेको स्मरण गर्दै दुई देशबीच उच्चस्तरीय भ्रमण हुनुपर्नेमा समेत जोड दिनभएको छ ।