निर्वाचन आयोगमा दर्ता भयो जनता समाजवादी पार्टी

maitrinews

 

काठमाडौं । समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।
नयाँ दल दर्ता गर्न कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए। बुधबार मध्यराति राजपा र समाजवादीबीच एकताको सहमति भएको थियो।