यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौंः आइजीपी खनाल

Mohan Bastola

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको बताउनु भएको छ ।

केही सञ्चारमाध्यमहरुसँग उहाँले यस्तो प्रतिक्रिया दिनुभएको छ । सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ ।

खनाल, सहित सांसद महेश बस्नेत र किसान श्रेष्ठले उहाँलाई अपहरण गरेर काठमाडौँ ल्याएको हल्ला चलिरहेका बेला उहाँले यस्तो बताउनु भएको हो । यादवले नै सहमति जनाएपछि बुधबार ९ बजे उनको घरमा पुगेको पूर्वआईजीपी खनालको भनाई छ । ‘घरमा पुगेपछि गफ भयो, खाजा खुवाए । खाना पनि खाएर जानू भने’, खनालले थपे, ‘बिहान ९ बजेतिर पुग्यौं । गफसफ भयो । खाजा खुवाए । खाना पनि खाएर जानू भन्ने कुरा आयो घरबाट,’ उहाँले भन्नुभएको छ ।