मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा पीपीए तथा मास्क हस्तान्तरण

maitrinews

 

काठमाडौँ । कोरोना महामारी नियन्त्रण गर्ने सरकार तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले नेपाल प्रहरी अस्पताललाई ४० थान पीपीए र ५ हजार थान मास्क उपलब्ध गराएको छ ।
महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा एसोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहलाई सहयोग स्वरुप उक्त सामग्री हस्तान्तर०ा गर्नुभयो ।
अध्यक्ष मलहोत्राले यस सहयोगले कोरोनाविरुद्ध लडिरहेका सरकारी निकायलाई थप बल प्रदान गर्ने बताउनुभयो ।