भोजपुरका संक्रमित युवालाई विराटनगरको कोरोना अस्पतालमा उपचार

Mohan Bastola

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङका युवकलाई उपचारका लागि विराटनगर ल्याइने भएको छ । ती युवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको थियो । उनी ३० फागुनमा साउदी अरबबाट फर्किएका थिए । तर, उनलाई कोरोना संक्रमण भएको बिहीबार मात्रै पुष्टि भएको हो । लगत्तै उनलाई घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको थियो।