काठमाडौँ । पछिल्लो समय प्रदेश नम्बर एकको उदयपुरमा कोरोना संक्रमित बढ्दै गएका थिए । हिजो मात्रै प्रदेश नम्बर एक कै भोजपुरमा पनि एक जना कोरोना भाइरस (कोभिड–१९) को एक संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।