लकडाउन एक हप्ता थप्न उच्चस्तरीय समन्वय समितिको सुझाव

Mohan Bastola

काठमाडौँ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका विषयमा समेत छलफल भएको थियो ।
त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।

त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार जानु भएको थियो ।