लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय

Mohan Bastola

काठमाडौं । सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । चौथोपटक थपिएको लकडाउन सोमबार सकिँदै थियो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिति अन्तर्गत गठन भएको मुख्यसचिव नेतृत्वको कार्यदलले एक साता लकडाउन थप्न सुझाव दिएको थियो