असिनापानीले लाखौँको तरकारी बालीमा क्षति

 

रामपुर । असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।
तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ । यहाँ लगाइएको काँक्रा, करेला, गोलभेँडा, सिमी र खुर्सानी जातका तरकारी असिनापानीले नष्ट पारेको छ ।
स्थानीयवासी यमबहादुर मश्राङ्गी आफूले आठ रोपनी जग्गामा लगाएको तरकारीमा असिनापानीबाट रु चार लाख बराबरको क्षति पुगेको बताउनुहुन्छ । सोही ठाउँकै राममाया लामिछानेले स्थायी टनेलमा लगाउनुभएको सिमी, गोलभेँडालगायत तरकारीमा क्षति पुगेको छ । टनेलको फलामे डण्डी नै भाँिचएपछि समस्या परेको उहाँ बताउनुहुन्छ । उहाँको टिप्ने बेला भएको चौमासे सिमी र गोलभँेडामा नोक्सानी पुगेको छ ।
प्रदेश सरकारको सहयोगमा निस्दीमा दश तरकारी टनेल निर्माण गरिएको छ । जलदेवी सामाजिक महिला उद्यमी सहकारीमार्फत प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ८० प्रतिशत ९प्रतिटनेल रु एक लाख ५० हजार० अनुदानमा सहयोगमा ती टनेलमा तरकारी खेती गरिएको छ ।
रामपुर नगरपालिकामा क्षेत्रमा लगाइएका तरकारी बालीमा पनि असिनापानीले क्षति पु¥याएको छ । असिनापानीका कारण फल लाग्न थालेका करीब दुई रोपनी क्षेत्रमा लगाइएका गोलभेँडा पूरै नष्ट भएको कृषक सूर्यप्रसाद रेग्मी बताउनुहुन्छ ।
तीन दिनअघि आएको असिनापानीबाट फल्दै गरेका र फूल लाग्दै गरेका करीब रु आठ लाख बराबरको तरकारी बालीमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा पनि असिनापानीले तरकारी बालीमा बढी क्षति पुगेकाले कृषकले क्षतिपूर्ति माग गरेका छन् ।