वीरगञ्जमा चार जना भए कोरोनामुक्त

maitrinews

वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरसका थप ४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
तीन जना भारतीय र १ जना नेपाली गरी वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत चार जनालाई डिस्चार्ज गरिएको हो ।
१ जना दिल्ली र २ जना उत्तर प्रदेश तीन जना भारतीयमा ३० चैतमा कोरोना संक्रमण पुष्टि भएहरुको उपचारपछि निको भएर घर फर्किएको डा। निरज कुमार सिंहले बताउनु भयो । त्यस्तैगरी रौतहटको ईशनाथ गाँऊपालिका १ जना उपचारपछि निको भएर फर्किएका उहाँले बताउनुभयो ।