५ जना जन्ती लगेर भित्र्याए सिटौलाले बुहारी

maitrinews

 

झापा। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले अक्षय तृतियाको दिन बुहारी भित्र्याएका छन्। ३ महिना अघी वैशाख १४ का लागि तय भएको दिनमै छोराको विवाह गरे पनि उनको छोराको विवाहको बारेमा छिमेकीलाई डाकेनन्।

कोरोना कहरकै बीचमा छोरा श्याम सिटौलाको विवाह गर्नुपर्ने वाध्यता आइपरेपछि उनले स्थानिय एक पसलबाट बुहारीको लागि एक जोर लुगाको सेट किनेर ल्याउन लगाएका थिए। लकडाउनकै बीचमा बन्द रहेको पसल खुलाएर विवाहको विधिका लागि सामान किनेको छोरा श्यामले बताए।

झापाकी मनिषा विमलीसँग विवाह बन्धनमा वाधिएका श्यामले लकडाउनको विवाह अनुभव सुनाए। सयौंको विवाहमा सहभागी भएका उनी कतिको विवाहमा जन्ती समेत गएका थिए। तर लकडाउनमा विवाह गरेका उनले भने कसैलाई जन्ती बोलाएनन। न भोज नै गरे। सामाजिक दुरीलाई ध्यान दिएर विवाह गरेको उनको भनाई थियो।

बाबा, काका र काकाकी छोरी, चालक र बाबाको अंगरक्षक गरि जम्मा ५ जना जन्ती गएर विवाह गरेर आएको सुनाउँदै उनले भने, ‘गएका सबैले सेनिटाइजरको प्रयोग गरेका थिए, मास्क समेत लगाएका थिए।‘