लकडाउनमा थप कडाइ पास बिनाका सवारीसाधन आवतजावतमा रोक लगाउने

maitrinews
लकडाउन#गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पास बिनाका सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ । पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरु भन्दै ७ वटा गाडीमा १६० जनालाई काठमाडौं उपत्यकामा पठायो ।

मन्त्रालयले सोमबार परिपत्र गर्दै बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केहिदिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा केहि खुकुलो गराइएको र अधिकांशको उद्धार भइसकेकोछ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।

सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकोले कडाइ गरिएको मन्त्रालयको भनाइ छ । गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ ।