नेकपा सचिवालको बैठक निष्कर्षविहीन अर्को बैठक २० गते बस्ने

maitrinews

 

काठमाडौ । सत्तारुढ नेकपा सचिवालयको बैठकमा आज विभिन्न विषयमा छलफल भएको जानकारी प्रवत्ता नारायण काजि श्रेष्ठले जानकारी दिनु भयो । बैठक भर्खरै सकिएको छ तर कुनै पनि निष्कर्षमा पुग्न नसकेको र आगामी बैठक यही २० गते बस्ने निर्णय भएको जानकारी दिनु भयो । सचिवालयले बैठकमा उठेका विभिन्न बिषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ  र आवश्यक प्रस्तावहरु तयार गर्नेछ । यस्तै बैठकले स्थायी कमिटीको बैठक बोलाउने लगायतका कुराहरुमा अब बस्ने सचिवालयको बैठकले निर्णंय गर्नेछ भनि  श्रेष्ठले जानकारी दिनु भयो ।