ओलीको सरप्राईज प्रस्ताबले सचिवालयको बैठकमा नेताहरु अचम्मित

maitrinews

 

काठमाडौं । कल्पना गरेको भन्दा पृथकरुपमा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् भने पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने पनि बताएका छन् । उनको प्रस्ताब सुनेपछि बैठकमा एकछिन मौनता छाएको र बैठक आगामी २० गते बोलाउने गरि स्थगित भएको स्रोतले बताए । ओलीको प्रस्ताबले प्रचण्डलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । यस बीच नेकपामा थप खिचडी पाक्ने निश्चित छ ।