मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा मास्क हस्तान्तरण

 

काठमाडौँ । । कोरोना महामारी नियन्त्रण गर्ने सरकार तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ ।
भद्रकाली स्थित नेपाली सेनाको मूख्यालयमा आयोजित समारोहमा अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष मलहोत्राले यस सहयोगले कोरोना महामारी विरुद्ध लडिरहेका सरकारी निकायलाई थप बल प्रदान गर्ने बताउनुभयो ।