पार्टीको विवाद सचिवालयमै मिलाउन पर्यटनमन्त्री भट्टराईको सुझाव

Mohan Bastola

काठमाडौं। नेकपा भित्रको विवादका विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईले मुख खोल्नु भएको छ । उहाँले सचिवालय बैठकबाटै पार्टीको बिवादको समाधान दिन सुझाव दिनुभएको छ । पछिल्लो समय माधव नेपाल, प्रचण्ड, झलनाथ खनाललगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पारेर स्थायी कमिटीबाट प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै हटाउने योजना बनाइ रहेका बेला भट्टराईको त्यस्तो भनाई आएको हो ।

उहाँले छरपस्ट भएर छिरिएको छलफल सचिबालय बैठकमार्फत घरभित्र प्रवेश गरेको भन्दै । त्यहाँबाट बाहिर ननिकाल्न आग्रह पनि गर्नुभएको छ । ‘त्यतातिरै समाधान गरौं । बजार बन्द छ, पसल पसल नडुलौं । संवाद, संवाद र फेरि पनि संबाद ।’

स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टीभित्रको छलफल छरपष्ट भई सचिवालयमा प्रवेश गरेकोले त्यहीबाट समाधान खोज्न सुझाव पनि दिनुभएको छ ।