जुम भिडियो कलमा तीन कोइराला नेतासंग संवाद

maitrinews

 

अमेरिका । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय गिरिजाप्रसाद कोइरालासंग आबद्व भएका सबै संयोजक एवम् सल्लाहकार र एनआरएनका साथीहरुलाई आमन्त्रण गर्दै कोभिड १९ को महामारीमा नेपाल सरकारको तयारी र कोरोना कहरको महामारी पछिको अर्थ व्यवस्था र नेपाली काँग्रेसको भूमिका अनि भविष्य बिषयक जुम भिडियो कल लाइभ बहस सम्पन्न भएको छ । यस वहस कार्यक्रम मा ५६ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका केन्द्रीय अध्यक्ष सुजता कोइराला, विशिष्ट अतिथि सांसद एवं नेपाली काँग्रेसका महामन्त्रीडा. शशांक कोइराला, विशेष अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डां शेखर कोइरालाको सहभागिता थियो ।

जीपी कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो ।
नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले कोभिड १९ को यो महामारी मा विश्वभर रहेका नेपालीहरुलाई सतर्क रहदै स्वस्थ रहन आग्रह गर्नुभयो। महामन्त्री कोइरालाले नेपाली काँग्रेसको १४ओेों महाधिवेशनवाट नयाँ नेतृत्व आउने दावी गर्दै नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्छ भन्नुभयो।
उहाँले यस कोभिड १९ ले हामी सबैलाई ठुलो चुनौतीसँगसँगै एउटा ठुलो अवसर पनि दिएको जिकीर गर्नुभयो र अब हामीलाई नयाँ सोच र विचार को बहस गराउन वाध्य गर्यो भन्नुभयो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाल सरकार कोभिड १९ रोक्न कुनै स्पष्ट कार्यक्रम को योजना नल्यएको र यस महामारी पछिको देशको अवस्थालाई सरकारले मुल्याङकन गर्न चुकेको छ भन्नुभयो। नेता कोइरालाले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढदै पार्टी को १४औँ महाधिवेशन यो २१औँ शताब्दीको हाई टेक्नोलोजी प्रयोग गर्दै समयमै गर्नुपर्ने धारणा राख्नुभयो। वहाँले काँग्रेसअब पनि नसुध्रीए ठुलो घाटा हामी सबैलाई हुनेछ भन्नुभयो । सबैलाई सत्यको वाटोमा यात्रा गर्न आग्रह गर्नुभयो। सत्यको जित अवस्य हुन्छ वहाँ ले भन्नुभयो।

पूर्वउपप्ररधानमन्त्री एवम् गिरिजा परसाद कोइराला फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजता कोइरालाले फाउण्डेशन मार्फत देशैभर विकास निर्माणको बाटो अवलम्बन गरेर नेपाली कॉंग्रेसको संघठन मज़बूत बनाउनु पर्ने विचार व्यक्त गर्नु भयो। सार्वजनिक स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउदै सबै जनता हरुलाई सरल र सुलभ स्वास्थ्य विमा गर्नु पर्छ भन्नु भयो र सरकारी विध्यालयहरुमा कप्युटर र ईन्टरनेट को सुविधा सबै विधार्थी हरुले पाउँनु पर्ने धारणा व्यक्त गर्नु भयो। यस फाउण्डेशन देशमा प्रजातन्त्र मजवुत गर्दै शान्ति र विकास का लागि कार्यहरु गर्दै जानेछ भन्नुभयो। उहाँले सबैजनालाई स्वस्थ र सुरक्षित रहन आग्रह पनि गर्नुभयो।
यस लाईभ जुम वहसमा अमेरिका लगायत विश्वभर रहेका गिरिजाप्रसाद कोइराला फाउण्डेशनसँग आवद्व संयोजक र सल्लाहकार हरु तथा एनआरएनमा रहेका नेताहरुको उपस्थिति रहेको थियो।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्यानडाका अध्यक्ष तुल्सी पौडेल र सल्लाहकार डा. विनोद पगेनी, मकाउकी अध्यक्ष निर्मला थापा मगर, दक्षिण कोरियाका अध्यक्ष डा. अग्नि कोइराला, ओसेनियाका अध्यक्ष रमेश छत्कुली, तासमानियाका अध्यक्ष नवराज मुडवरी र एडेलेडका अध्यक्ष दिलीपकुमार पोख्रेल, जापानका अध्यक्ष कुमार कार्की, युरुपका सल्लाहकार डा. शिवाजी श्रेष्ठ, अमेरिका का सल्लाहकार मोहनसिंह विष्ट,सस्थांपक सदस्य जनसम्पर्क समिति वी पी वावुसँग,बम्बे, भारत, न्यु जिलेन्डका सल्लाहकार बुद्वी सागर घीमीरे, प्रदेश ३ संयोजक रीता खनालले आआफ्नो मन्तव्य राख्नु भएको थियो। मन्तव्यकै क्रममा नेजससअ का पुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिका का पुर्व अध्यक्ष डा।केशव पौडेल, एनआरएन अमेरिका पुर्व सिनियर उपाध्यक्ष कृष्ण पोख्रेल, एनआरएन संयुक्त राज्यका नेता आर। के। त्रीपाठी, लायन्स क्लब नेपालका गोभरनर राजन खत्री, प्रोफेसर डा। केशव भट्टराई, पुर्व नेवि सघं केन्द्रीय सदस्य ज्ञानल थापाहरुले आफ(आफ्नो मन्तव्य राख्नु भएको थियो।