थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९

maitrinews

 

काठमाडौं । कोरोना भाइरसबाट थप दुइजना संक्रमित भएका छन् । संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भएर घर फर्किइसकेका छन् ।