२१ लाख रुपियाँ राहत प्रदान

maitrinews

 

काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले राहत प्रदान गरेको छ ।
हालैका दिनहरुमा विश्वमा नै महामारीको रुपमा देखीएको कोराना भाइरसको कारण सारा विश्व नै स्तव्ध एंव लगभग वन्द हुन गएको र महामारीको संक्रमणवाट जोगाउन गरीएको लकडाउनवाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा वन्द हुन गएको छ ।
यस विषम परिस्थितिमा राहत, उपचार तथा नियन्त्रणका लागी खडा गरेको नेपाल सरकारको स्वामित्वमा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टमार्फत उद्योग सचिव चन्द्रकुमार घिमिरे र वाणिज्य तथा आपुर्ति सचिव डा. वैकुण्ठ अर्याल समेतको उपस्थितिमा यस नेपाल वनस्पति घ्यू तेल संघका अध्यक्ष सन्दिप कुमार अग्रवाल, नि.अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द वगरीया समेतको प्रतिनिधिमण्डलले राहत स्वरुप रु. २१ लाख प्रदान गरेको छ ।