मृत्युका हल्लाबीच २० दिनपछि सार्वजनिक किम

maitrinews

 

उत्तर कोरिया । मृत्युको हल्लाबीच उत्तर कोरियाका नेता किम जोङ उन सार्वजनिक भएका छन्।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन्।

नेता किमले उत्तरी प्योङयाङमा रासायनिक मल उत्पादन गर्ने उद्योग उद्घाटन गरेको कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएले खबर प्रकाशन गरेको छ।
यसबीच किमको मुटुको अप्रेसन गरेको र स्वास्थ्य गम्भीर अवस्थामा रहेको चर्चा चलिरहेको थियो भने कतिपयले उनको मृत्यु नै भएको अड्कलबाजी पनि गरिरहेका थिए।

ती सबै अड्कलबाजीहरूलाई चिर्दै केसीएनएले उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएको समाचार दिएको हो। राजधानी प्योङयाङको उत्तरी क्षेत्रस्थित उद्योगको उनले उद्घाटन गरेको समाचारमा उल्लेख छ।