ओलीसँगैको समान कुर्सीमा प्रचण्ड, सचिवालय बैठक सुरु

Mohan Bastola

काठमाडौं । झण्डै दुई घण्टा ढिलो गरी सुरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन फेरिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बसाइको व्यवस्थापन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै राखिएको छ । नयाँ आसन सहित प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीसँगै प्रचण्ड रहनु भएको छ । भने प्रधानमन्त्री तर्फको लाइनमा रहेका कुर्सीमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हुनुहुन्छ । प्रचण्डतर्फको लाइनमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र इश्वर पोखरेल हुनुहुन्छ । साथै दुइ अध्यक्षको ठिक अगाडी पट्टीको कुर्सीमा महासचिव विष्णु पौडेल रहनु भएको छ ।

बैठकमा पछिल्लो समय नेकपाभित्र देखिएको विवादका विषयमा छलफल जारी छ ।