सचिवालय बैठक सकियो, गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय, २५ गते स्थायी कमिटी

Mohan Bastola

काठमाडौं । झण्डै दुई घण्टा ढिलो गरी सुरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने सिलसिलामा भएका कमजोरीलाई आत्मासाथ गर्दै अघि बढ्ने बताउनु भएको छ । उहाँले आगामी दिनमा पार्टीसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । आजको बैठकले २४ सचिवालय र २५ गते ११ बजे स्थायी कमिटी बैठक बस्ने पनि निर्णय गरेको छ ।