भेनेजुएलामा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढीको मृत्यु

 

भेनेजुएला । ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको जनाइएको छ।

कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर आक्रोशित बनेका थिए।

कैदीहरूले जेल तोड्ने प्रयत्न गरेको भन्ने अधिकारीहरूको दाबीबारे सन्देह व्यक्त गर्दै उक्त सङ्गठनले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको छ।

घटनामा गभर्नरसहित कारागारका कर्मचारी समेत घाइते भएका छन्।

कारागारसम्बन्धी मामिला हेर्ने मन्त्री आइरिस भारेलाले घटना भएको पुष्टि गरे पनि मृतकको सङ्ख्याबारे केही नबताएको एउटा स्थानीय पत्रिकाले जनाएको छ।