क्वारेन्टाइनमा राख्न लगिएका व्यक्ति कर्णालीमा बेपत्ता

maitrinews

 

मुगु । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति कर्णाली नदीमा बेपत्ता भएका छन्।

मुगुको खत्याड गाउँपालिका १ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ।

कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो। शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएका थिए।