डा. फिर्दोषव्दारा खाद्यान्न सामग्री वितरण

maitrinews

 

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा क्लिनिक सञ्चालन गर्दै आउनुभएका समाजसेवी डा. फिर्दोष खण्डाकार एमडीले कोरोना भाइरसबाट प्रभावित नेपालीहरुलाई पुनः राहत वितरण गर्नुभएको छ ।
नेपालीमाझ लोकप्रिय, नेपालीलाई विशेष माया गर्ने समाजसेवी डा. फिर्दोषले यसअघि पनि राहत सामग्री वितरण गर्दै आउनुभएको छ ।
राहत वितरणलाई निरन्तरता दिँदै उहाँले यही मे २ तारिखका दिन ५० प्याकेट राहत सामग्री हस्तान्तरण गर्नुभयो ।
समाजसेवीहरु आनन्द विष्ट, अच्युत सिग्देल, विष्णु रानाभाट, यादव वास्तोला, रामहरि अधिकारी, उर्गेन शेर्पा, मिलन शाहीलगायतका अभियन्तामार्फत उक्त राहत सामग्री वितरण गरिएको हो ।
डा. फिर्दोषले कोरोना भाइरस प्रभावित नेपालीहरुलाई आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न आह्वान गर्दै राहत वितरण कार्यलाई निरन्तरता दिने बताउनुभयो ।