बेलायतमा युरोपकै सबैभन्दा धेरै मृत्यु

maitrinews

 

लण्डन । यूकेमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।
यूकेभरि २९ हजार४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद भनेका छन्।
यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या इटलीमा थियो जहाँ पछिल्लो तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट २९,३१५ जनाको मृत्यु भएको छ।

इटली र यूकेमा मृत्यु भएका व्यक्तिहरू कोरोनाभाइरस परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन्।
गति

बीबीसीका तथ्याङ्क प्रमुख रोबर्ट काफीका अनुसार ब्रिटेनमा मृतकको सङ्ख्यामा इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको छ।
तर यो तुलनामा त्रुटि पनि रहेको उनको तर्क छ किनकि यूकेको जनसङ्ख्याको आकार इटलीकोभन्दा १० प्रतिशतले ठूलो छ।