लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेकाे हाे।

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले  बताए।

यसअघिकाे अवधि बिहीबार सकिँदै थियाे।

चैत ११ देखि लकडाउन लागू गरेकाे सरकारले याे चाैथाे पटक समय थप गरेकाे हाे।