सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द बन्द हुने

maitrinews

 

काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

त्यस्तै सरकारले अन्तराष्ट्रिय र आन्तरिक उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।