नेकपाको स्थायी कमिटी बैठक स्थगित

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजका लागि तय गरिएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । हिजो सचिवालय बैठक बसे पनि एजेन्डा तय गर्न नसकेपछि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।
बैठकबारे जानकारी दिदै प्रवक्ता नरायणकाजी श्रेष्ठले बैशाख २० गतेको सचिवालयको बैठकले तय गरे अनुसारको स्थायी कमिटीको बैठकका लागि प्रस्ताव तयार गर्न दुई अध्यक्षबीच गृहकार्य बाँकी रहेको जनकारी बैठकमा गराइएको बताउनुभयो ।
साथै दुबै अध्यक्षले आपसी सल्लाह गरेर बैठकको कार्यसूचीबारे निर्णय गर्ने बताउनुभयो ।