बुद्ध जयन्ती ः त्रीसंयोय पूर्ण पवित्र दिन

maitrinews

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन बुद्ध जयन्तीलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीको रुपमा मनाउने गर्दछ । साथै उहाँ बद्धले आजकै दिन बुद्धत्व प्राप्त गर्नभएको थियो । त्यस्तै उहाँको महापरिनिर्वाण अर्थात् देहावसान पनि वैशाख शुक्ल पूर्णिमा दिन भएको हो । यसै कारण वैशाख पूर्णिमा त्रीसंयोगं पूर्ण पवित्र दिन हो ।

नेपालको लुम्बिनीमा २५६३ वर्ष पहिले सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन भएको हो । विलासी जीवन बिताइरहेका सिद्धार्थ गौतम दुःख भनेकै थाहा नभएका राजा शुद्धोधनका छोरा सिद्धार्थं एकदिन दरवार बाहिर घुम्न जाने क्रममा चारवटा निमित्तहरु, रोगी, बृद्ध, मृतक र एकजना शान्त भिक्षु देख्नभयो । रोगी, बृद्ध, मृतक देखेर म पनि रोगी हुनुपर्नेछ, बृद्ध हुनुपर्नेछ र एकदिन मर्नुपर्छ भन्ने थाहापाएर उनको मन विचलित र चिन्तित भयो । अव मैले यी दुःखबाट मुक्त हुने मार्ग खाज्नुपर्छ भन्ने बिचार गरी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा राज दरबारको सुख सयल त्याग गरी शान्तिको मार्ग खोज्नका लागि राजदरवार त्यागेर जानभयो ।

छ वर्षसम्म दुष्कर तपश्या गरी ३५ वर्षया उमेरमा भारतको बुद्धगयास्थित बोधिवृक्ष रुख मुनि वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थले जीवनको सम्पूर्ण अन्धकारलाई नाश गरी बुद्धत्व प्राप्त गर्नधयो । सम्पूर्ण ज्ञानलाई यथार्थ रुपमा बुझेर बुद्धत्व प्राप्त गरिसकेपछि उहाँ सिद्धार्थ गौतम बुद्ध हनभयो ।

बुद्धत्व प्राप्तिपछि वसपोल बद्ध निरन्तर ४५ वर्षसम्म गाउँ–गाउँ, नगर –नगर चारिका गर्नुभई बहुजन हित , बहुजन सुखको लागि शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिई भव संसारबाट मुक्त हने निर्वाणको पथ प्रदर्शक बन्नभयो । र उहाँको उपदेश आजसम्म पनि उत्तिकै सान्दर्भिक छ ।
४५ वर्षसम्म अनवरत रुपले धैरै भन्दा धेरै मानिसको हित सुखको लागि उपदेश दिनुभई उहाँ कुसीनगर जानभयो । त्यतिबेला गौतम बद्ध ८० वर्ष पुगिसक्नुभएको थियो । वैशाख पूर्णिमाको रातमा सम्पूर्ण संस्कार धर्म अनित्य हो भन्ने सन्देश दिनुभई आफ्नो नश्वर शरिर त्याग गनभयो । यही कारणले गर्दा वैशाख पूर्णिमा त्रिसंयोय पूर्ण पवित्र दिन हो ।

निकै हर्षोउल्लासपूर्ण रुपमा मनाइने बुद्धजयन्ती यो वर्ष भने बद्धजयन्ती समारोह समितिले घरमै बुद्धपूजा गरी २५६४ औं बुद्धजयन्ती मनाउन अपिल गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले गर्दा यस वर्षको बुद्धजयन्ती समारोह मनाउन नमिलेको भन्दै समितिले सो अपिल गरेको हो ।
गत वर्षहरुमा विभिन्न बौद्ध संस्थाहरुले आ–आफ्नो तरिकाले बुद्ध जयन्ती मनाउँदै आएका थिए । तर, कोरोनाका कारण गत वर्षहरुमा झैँ विहारहरुमा भेला भएर औपचारिक रुपमा बुद्धजयन्ती मनाउन नसकिने समितिका अध्यक्ष भिक्षु मैत्री महास्थविरले बताउनुभयो ।