सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप

Mohan Bastola

काठमाडौँ । सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । शुक्रबार दिउँसो भएको झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

घर फर्कन माग गर्दै निषेधित क्षेत्र सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ सामान्य घाइते भएका छन् । यस्तै, चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् । करिब दुई दर्जनको संख्यामा रहेका चिनियाँ नागरिकले आफूहरुसँग पैसा नभएकोले घर फर्किन पाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । लकडाउनको कारण उनीहरु नेपालमा नै अड्किएका छन् ।