भारतीय अतिक्रमणविरुद्ध प्रदर्शन

maitrinews

 

काठमाडौँ । भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।
लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवाद निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १० जनाजतिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताउनुभयो ।

शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।