अमेरिकामा नेपालीले गरे भारतविरुद्ध प्रदर्शन

maitrinews

 

अमेरिका। भारतले नेपाली भूमि लिपुलेक मिचेर १९ किलोमिटर सडक बनाएर उद्घाटनसमेत गरेको प्रति अहिले विश्वभरका नेपालीहरु आक्रोशित भएका छन् ।

उक्त क्रममा अमेरिकी सडकमा समेत पनि नेपाली झण्डासहित नेपालीहरुले ‘ब्याक अफ इन्डिया’ भन्दै नाराबाजी गरेका छन् ।

अमेरिकी राष्ट्रपति भवन अगाडि अमेरिकामा रहने नेपालीहरुले लिपुलेक नेपालको हो भन्दै ब्याक अफ इन्डिया भन्दै नाराबाजीसहित र्याली निकालेका हुन् ।

उक्त क्रममा राष्ट्रपति भवन अगाडि सवारी आवागनमा समेत असर पुगेको थियो ।