प्रदेश पाँचमा आज कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएका

Mohan Bastola

काठमाडौँ । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले साँझ कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज पहिचान भएका सबै संक्रमितहरु भारतवाटआइ क्वारेन्टाइनमा बसेकाहरुनै रहेको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।