नेपालमा पहिलो पटक दुई पत्रकारमा कोरोना संक्रमण

 

पर्सा। नेपालमा पहिलोपटक पत्रकारमा पनि कोरोना देखिएको छ। बिरगंजमा दुई जना पत्रकारलाई कोरोना देखिएको पुष्टी भएको हो। फ्रन्टलाइनमा बसेर रिपोर्टिङ गर्ने पत्रकारहरु कति जोखिममा काम गरिरहेका छन् भन्ने यो घटनाले पुष्टी गरेको छ। बिरगञ्जमा केहि हप्ता अघी भारतबाट आएका जमातीहरुमा कोरोना देखिएपछि समुदायमा फैलिने आशंका गरिरहँदा अहिले ठूलो मात्रामा बिरगञ्जमा कोरोना संक्रमितहरु फेला परेका हुन्। संक्रमित मध्ये दुई जना चाहि कोरोना संक्रमित पत्रकार पनि परेका छन्।

पत्रकारहरुको नेतृत्वदायी भूमिकामा रहेका दुई पत्रकारहरुलाई कोरोना पोजेटीभ देखिएपछि अरु पत्रकारहरु पनि पीसीआर परिक्षणमा लागेका छन्। प्रहरीले पत्रकारमाथि गरेको दुरब्यवहार बिरुद्ध घण्टाघरमा पत्रकारहरुले प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा सहभागी भएका मध्येकै पत्रकारहरुमा कोरोना देखिएपछि अरु समेत आफूलाई आइसोलेसनमा राख्नुपर्ने अवस्थामा पुगेका छन्। उनीहरु अहिले कोरोना परिक्षणमा लागेका छन्।