ललितपुरको निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल

ललितपुर। कोरोना भाइरस (कोभिड–१९) को संक्रमित फेला परेपछि ललितपुरको दुई स्थानमा प्रहरीले सिल गरेको छ । पुल्चोकस्थित आरोग्य फाउन्डेसन र निदान अस्पतालमा आज सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका

फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो । कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ । आज बिहानै सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।