कोरोनाले विभिन्न मुलुकमा ९५ नेपालीको मृत्यु, ७ हजार संक्रमित

maitrinews

 

यूएई । कोरोना भाइरसबाट विभिन्न देशमा मृत्यु हुने नेपालीको संख्या ९५ पुगेको छ। झन्डै ७ हजार जना संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए, स्वास्थ्य समितिका अनुसार विश्वका ३० देशमा गरेर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका हुन्।

मृतक ९५ मध्ये सबैभन्दा बढी बेलायतवासी ६३ नेपाली छन्। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १५ नेपालीले ज्यान गुमाएका छन्।

यसैगरी संयुक्त अरब इमिरेट्स्ट ९युएई० मा ९, साउदी अरबमा २, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, बहराइन र स्विडेनमा १र१ नेपालीको मृत्यु भएको समितिका संयोजक डा। सञ्जीव सापकोटाले जानकारी दिए। तिनमा ७७ पुरुष र १८ महिला छन्।

समितिका अनुसार पछिल्लो साता मात्र कोरोनाका कारण यूकेमा १२, यूएईमा ३ र साउदी अरबमा २ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडाअनुसार कोरोनाबाट ११ देशमा गैरआवासीय नेपालीको मृत्यु भएको हो भने १९ देशमा संक्रमित भएको एनआरएनए, कोडिभ(१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, तथा पोर्चुगलमा २९ नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

यसैगरी आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विडरल्यान्डमा ५, जर्मनी ४, फिनल्यान्डमा ४, साइप्रस ३, न्युजिल्यान्ड ३, माल्टामा २, हङकङमा २, पोल्यान्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको समितिले जनाएको छ।