दावा शेर्पाव्दारा बर्दिबासका अति विपन्न ५० परिवारलाई राहत

maitrinews

 

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाकी केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पाको आर्थिक सहयोगमा जनता सवाल परिवार, महोत्तरी कलाकेन्द्र र जनमार्ग टेलिभिजनको सहकार्यमा बर्दीवास नगरपालिका वडा १ का अति बिपन्न ५० परिवारलाई राहात वितरण गरि सहयोग गरेको जानकारी गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले दिनुभयो ।

उक्त अबसर दिलाउनु हुने गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाकी केन्द्रीय सदस्य, महिला संयोजक एवं बरिष्ठ समाजसेवी सुश्री दावा शेर्पालाई जि। पी। फाउण्डेसन अमेरिका परिबारको तर्फवाट विशेष धन्यवाद एवम् आभार प्रकट समेत गरेको छ।
दावा शेर्पाको माइतीघर संखुवासभा र घर ताप्लेजुङ्ग हो । हाल उहाँ न्युयोर्कमा बस्नुहुन्छ ।