कालपानी क्षेत्र समेट्न संविधान संशोधन : प्रधानमन्त्री

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालपानी, लिपुलेक लिम्पियाधुर हाम्रो भूमि भएको र यसलाई फिर्ता लिएरै छाडने बताउनुभएको छ । उहाँले कालापानी क्षेत्र समेट्न संविधान संशोधन गरिने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले यो अडान कुनै देखावा गर्न तमासा बनाउन वा कसैलाई देखाउन गरिएको हैन, हाम्रो भुभाग हामीलाई फिर्ता हुनुपरयो । यसमा कसैले रिसाउने कुरा हुँदैन उहाँले भन्नुभयो हामीले अरुको भुभाग लिन खोजेको हैन, आफनो भुमि ओगटेर कोही रिसाउछ भन्ने ठान्नु हुँदैन । हामी आफनो भुमि फिर्ता लिने कार्यमा अब कुटनीतिक ढंगले अगाडि बढछौ । यसमा सेलाउने कुरा हुँदैन । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले उक्त अडान राख्नुभएको हो ।

उहाँले नेपाल भूभाग समेटको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव यही सदमा आउने बताउनुभयो । उहाँले सो संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘म भारतसँग सोध्छु, तपाईको देशको लोगोमा चारतिर फर्किएको सिंह माथी र तलपट्टी सत्यमेवजयते लेखिएको छ । ‘सत्यमेव जयते कि सिंहमेव जयते रु’ मलाई विश्वास छ सत्यमेवजयते नै हुन्छ ।’ अर्थात हाम्रो भूमि फिर्ता गर्न सकिन्छ ।