नेपालको नयाँ नक्शा सार्वजनिक

Mohan Bastola

काठमाडौं । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत नेपालको नक्सा सार्वजनिक गर्नुभएको छ । केही दिन अघि मात्रै नीति तथा कार्यक्रममा पनि नेपालको नयाँ नक्शा सार्वजनिक गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गर्नुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद्मा त्यहि कुरा उल्लेख गर्नुभएको थियो । अब आज सरकारले तस्बिर सावजनिक गरेसँगै नेपालको नयाँ नक्शा सबै कार्यालयमा राखिने छ र विश्वको मानचिन्त्रमा पनि नेपालको नयाँ नक्शा उल्लेख हुनेछ । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।

यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताउनुभयो । उहाँले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने जनकारी दिनुभयो । सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न उनले आग्रह गर्नुभयो ।