हवाई उडान जेठ मसान्तसम्म बन्द

maitrinews

 

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले हवाई उडान बन्द जारी राख्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनको अवधि जेठ २० सम्म लम्ब्याउने निर्णय यसअघि नै गरिसकेको छ । पटक–पटक समय थप्दै उडान बन्दको अवधि पनि बढाइएको हो ।