प्रेम विवाह अस्वीकार गर्दै गाउँलेले कुटीकुटी युवकको हत्या, छ जना वेपत्ता

maitrinews

 

रुकुम । युवतीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटका एक युवकको रुकुमपश्चिमको चौरजहारी नगरपालिका(८ सोतीमागाउँलेहरुले कुटीकुटी हत्या गरेका छन् ।

जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विकको गाउँलेहरुको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

नवराजसँगै युवतीको घर गएका छ युवक अझै बेपत्ता रहेका जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

घटना विवरण अनुसार नवराज र सोती गाउँकी सुष्मा मल्लबीच लामो समयदेखि प्रेम थियो। सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले कुटपिट गर्दा नवराजको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता छन्। सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएका थिए।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो। जात नमिल्ने भन्दै केटी पक्षले विवाह अस्वीकार गरेको पाइएको प्रहरीले जनाएको छ।