नेपालमा कोरोनाका कारण चौथो व्यक्तिको मृत्यु , अन्त्येष्टि भएको एक हप्तापछि संक्रमण पुष्टि

maitrinews

 

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ।
नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत् एक बिरामीको पाँच गते मृत्यु भएको थियो। सोहि दिन अन्त्येष्टि गरिएका बाराका ती बिरामीको सोमबार कोरोना परीक्षणको रिपोर्ट आउँदा ती व्यक्ति कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ।

‘बाराका ती वृद्धि दमका रोगी थिए। निमोनिया भएपछि डाक्टरहरुले कोरोनाको शंका गरी स्वाब संकलन गरेर जेठ २ गते हामीलाई बुझाइएको थियो,’ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले भन्नुभयो, ‘४ गते त्यसको रिपोर्ट आयो। त्यसमा पोजिटिभ आएपछि ५ गते पुनः परीक्षण गर्दा केहि अष्पस्टता भएपछि काठमाडौं पठाइएको थियो।’

सोमबार बिहान त्यसको रिपोर्टमा पनि कोभिड–१९ पोजिटिभ नै देखिएको उहाँलेले बताउनुभयो ।